केराबारी । केराबारीमा रहेका ४ ओटा सहकारी एकिकरण पश्चात बनेको केराबारी वचत तथा ऋण सहकारी संस्थाको पहिलो साधरण सभाबाट अध्यक्ष र कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति गठनका लागि टेकवहादुर थपलियाको अध्यक्षतामा बनेको निर्वाचन मण्डलमा अध्यक्ष र कोषाध्यक्ष पदमा एक एक जनाको मात्र उमेद्धारी दर्ता भएपछि निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी उपाध्यक्ष र सचिव पदमा दुई दुई जनाले उमेद्धारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा प्रकास वस्नेत र बिमला तामाङको उमेद्धारी परेको छ ।
त्यसैगरी सचिव पदमा अम्किा भण्डारी र सुर्यवहादुर थापाको उमेद्धारी परेको छ । सचिव पदका भण्डारी र उपाध्यक्ष पदका तामाङ यस अघि पनि सोही पदमा आवद्ध रहेका थिए । ४ सदस्य पदका लागि १२ जनाले उमेद्धारी दर्ता गरेको निर्वाचन समितिका संयोजक टेकवहादुर थपलियाले बताउँनुभयो ।
भूगोल अनुसार वडा न ६ र ७ बाट भने छत्रकुमार चेम्जोंग सदस्यपदमा निर्विरोध निर्वाचित भएका छन् । सदस्य पदमा उमेद्धारी वढेसंगै आज आइतबार ४ बजेसम्म उमेद्धारी फिर्ता तथा दावी विरोधको समय निर्धारण गरिएपनि कोही कसैले फिर्ता नलिए पछि निर्वाचन हुने सम्भावना वढेर गएको छ । साकोसको विधान अनुसार ९ सदस्यीय कार्यसमिति गठन गर्ने प्रावधान रहेको छ ।










Discussion about this post