Wednesday, November 19, 2025
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
Kerabarionline
No Result
View All Result

झापाबाट १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए

केराबारी अनलाइन by केराबारी अनलाइन
मंसिर २, २०८२
in वन/वातावरणा
A A
0
झापाबाट १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए

झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङ फर्किएको छ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो। बथानमा हात्तीका थुप्रै छावा पनि थिए।

‘तीमध्ये १५ वटा हात्तीको झुण्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ’, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भने, ‘हामी निरन्तर निगरानीमा छौँ। रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर कोही मोरङतिरै फर्किए र बाँकी झापातिरै अलमलिएका छन्।’

मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व लागेको हात्तीको बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बङ्गालतिर फर्किने बाटो पछ्याएको अनुमान गरिएको थियो। दिनभरि स्थानीय जङ्गलमा विश्राम गर्ने ती हात्तीहरू रात परेपछि मात्र हिँड्थे। तर सोमबार दिनभरि ती हात्ती झापाको शिवसताक्षीस्थित रतुवामाई र दमकको हम्सेदुम्से सामुदायिक वनमा विश्राममा रहेको श्रेष्ठको भनाइ छ।

दुई वर्षअघि ५० देखि ६० को सङ्ख्यामा हात्तीको ठूलो बथान बाहुनडाँगीको प्रसाद गौँडा हुँदै नेपाल प्रवेश गरेको थियो। तीमध्ये अधिकतम ३० वटा हात्ती डेढ महिना नेपाल विचरणपश्चात भारततर्फ फर्किएका थिए। अरु हात्ती भने मोरङ र सुनसरीको वन क्षेत्रमा बसेका थिए।

हात्तीको बथान मोरङबाट झापातिर आइरहेको खबर प्राप्त भएपछि डिभिजन वन कार्यालय र स्थानीय पालिकाले जनधनको क्षति नहोस् भनेर व्यापक सुरक्षा सतर्कता अपनाएका छन्। वन कार्यालयले गस्ती टोली परिचालन गरी सर्वसाधारणलाई सावधानी अपनाउन ‘माइकिङ’समेत गरेको थियो।

भारतको आसामदेखि नेपालको कोशी टप्पु क्षेत्रसम्म जङ्गली हात्तीहरू ओहोरदोहोर गर्दै आएका छन्। भारतबाट भित्रिने गर्भिणी हात्ती नेपालमा सुरक्षितरूपमा बालबच्चा हुर्काएरमात्र भारत फर्किने गरेका छन्। अहिले भारत फर्किन लागेको बथानमा हात्तीका थुप्रै छावा रहेको बताइएको छ। भारत नफर्किएसम्म सावधानी अपनाउन वन कार्यालयका प्रमुख श्रेष्ठले आग्रह गरे। रासस

Previous Post

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Next Post

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बिहान ११: ४५ बजे

केराबारी अनलाइन

केराबारी अनलाइन

Related Posts

विराटनगर किंग्सको शानदार जित

विराटनगर किंग्सको शानदार जित

मंसिर २, २०८२
दुर्गा प्रसाईका सुरक्षा गार्ड सहित ९ जना पक्राउ

दुर्गा प्रसाईका सुरक्षा गार्ड सहित ९ जना पक्राउ

मंसिर २, २०८२
कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य

कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य

मंसिर २, २०८२
एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बिहान ११: ४५ बजे

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बिहान ११: ४५ बजे

मंसिर २, २०८२
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मंसिर २, २०८२
एनपीएलको पहिलो खेलमा काठमाडौँको सहज जित, साविक विजेता जनकपुर पराजित

एनपीएलको पहिलो खेलमा काठमाडौँको सहज जित, साविक विजेता जनकपुर पराजित

मंसिर १, २०८२

Discussion about this post

No Result
View All Result

ताजा समाचार

विराटनगर किंग्सको शानदार जित
खेल

विराटनगर किंग्सको शानदार जित

by केराबारी अनलाइन
मंसिर २, २०८२
0

सिद्धार्थ बैंक नेपाल प्रियिमर लिग ९एनपीएल०मा विराटनगर किंग्सले शानदार जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार विराटनगरले पोखरा...

Read more
दुर्गा प्रसाईका सुरक्षा गार्ड सहित ९ जना पक्राउ

दुर्गा प्रसाईका सुरक्षा गार्ड सहित ९ जना पक्राउ

मंसिर २, २०८२
कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य

कर्णालीले दियो चितवनलाई १६७ रनको लक्ष्य

मंसिर २, २०८२
एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बिहान ११: ४५ बजे

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल बिहान ११: ४५ बजे

मंसिर २, २०८२
झापाबाट १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए

झापाबाट १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए

मंसिर २, २०८२

हाम्रो बारे ..

केराबारी अनलाईन डटकम केराबारी गाउँपालिकामा स्थापना गरिएको पहिलो समाचार मुलक अनलाईन पत्रिका हो । केराबारी मिडिया हाउस प्रा.लि.द्धारा संचालित यस अनलाईन पत्रिकाले स्वस्थ सूचना, मनोरन्जन र शिक्षा प्रदान गर्नेछ । देशको प्रचलित नियम कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै नागरिकलाई सुसूचित गरिनेछ ।

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist