केराबारी । एकता सामुदायिक वन समुह केराबारी १० को समिति गठनले पुर्णता पाएको छ । पछिलो समय निर्वाचन समिति मार्फत बसेको छलफलमा सबै पदाधिकारीहरुमा सहमति भएपछि समितिले पुर्णता पाएको हो ।
सहमति अनुसार अध्यक्षमा दिलमान थापा उपाध्यक्षमा अजित थापा मगर,सचिवमा बीना चौहान,सहसचिवमा भिमप्रसाद कटेल र कोषाध्यक्षमा बविता मगर चयन भएका छन् । मिना सार्की,(२),टायन्द्रा मगर (४),खड्ग कुमार श्रेष्ठ(५),प्रकास साह(६)दिलप्रसाद पयङगु(८),जोसेफ उराव(१०)टंकवहादुर मगर(१३) समुहबाट सदस्यमा चयन भएका छन् । एक सदस्यीय मनोनित गर्न बाँकी रहेको छ ।
साधरण सभामा निर्वाचन समितिका संयोजक वसन्त कुमार श्रेष्ठले समिति गठनका लागि उमेद्धारीहरुका लागि मनोनयन दर्ताका लागि प्रक्रिया अघि वढाएका थिए । अध्यक्षमा एउटै समुहबाट ३जना सम्मको अध्यक्षमा नाम प्रस्ताव भएको थियो ।
अन्य ३ जना विभिन्न समुहबाट अध्यक्षमा नाम प्रस्ताव आएपछि सो प्रक्रिया रद्ध गरी पुन अर्को चरणबाट विधानको कार्यादेश र नीति नियमानुसार उमेद्धारहरुको नाम प्रस्ताव गर्न लगाई छलफल गरिएको र विहिबार सहमति भएको हो ।
सामुदायिक वनको विधान अनुसार एकता सामुदायिक वन समुहमा १३ ओटा विभिन्न समुह रेहेको र प्रत्येक समुहबाट ७,७ जना प्रतिनीधि छनौट भई कार्यसमितिका लागि एक समुहबाट एक जना प्रतिनीधि चुन्ने व्यवस्था अनुसार कार्यसमिति चयन गरिएको हो । समितिको कार्याकाल पछिलो संशोधित विधान अनुसार ५ वर्षको रहने व्यवस्था गरेको छ ।








Discussion about this post