केराबारी । केराबारी ३ मा रहेको हिमचुली सामुदायिक वन उपभोक्ता समुहको २० औं साधरण सभा भब्य रुपमा सम्पन्न भएको छ ।
वन समुहको सभाहलमा सम्पन्न भएको २० औं साधरण सभाको हलभित्र भरिभराउ उपभोक्ताहरुको आर्कषण मात्र रहेन । वन समुहले विभिन्न जेष्ठ नागरिक एकल महिला र जेहेन्दार विद्यार्थीलाई सम्मान समेत गरेको स्थानीय उपभोक्ताहरुको मन समेत जित्न सफल भएको छ।
बन समुहले गरेको वार्षिक साधरण सभामा यस अघि त्यति धेरै उपभोक्ताहरु उपस्थित नभएपनि यस पटक ८० प्रतिसत भन्दा वढी उपभोक्ताहरु कार्यक्रममा सहभागि हुँदा कार्यक्रम नै भब्य बनेको थियो ।

समुहको चुनावी साधरण सभा भएका कारण पनि कतिपय सक्षम र योग्य व्यक्तिलाई समितिलाई वन संरक्षण र संम्र्बद्धनको जिम्मा लगाउन उपभोक्ताहरु जागरुक भएका हुन सक्छन् कार्यक्रममा उपस्थित समितिका एक पदाधिकारीले भने ।
साधरण सभामा उपभोक्ता मध्यबाट जेष्ठ नागरिकहरु देवीलालल लिम्बू,रत्नवहादुर देवान,खड्गवहादुर विक,लालमाया लिम्बू,नरमाया लिम्बू, पवित्रा श्रेष्ठलाई सम्मान गरेको छ । यसैगरी समुहले एकल महिलाबाट कुमारी सार्की, गंगामाया लिम्बू, लुंगमाया तामांग, टंकमाया मगर लाई पनि सम्मान गरेको छ । साभरण सभामा प्रमिता देवानले आर्थिक प्रतिवेदन कार्यलय सचिव सुमन श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन र पुष्पा विकले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वन समहुले जेहेन्दार विद्यार्थीको तर्फबाट आशिका श्रेष्ठ,(आसे), एल्विना विक(स्नेहा) बेन्जु रैका मगर र नविता राईलाई पनि पुरस्कृत गरिएको छ। कार्यक्रम समुहकी अध्यष कृष्णकुमारी श्रेष्ठको सभापतित्व र गाउँपालिका उपाध्यक्ष मनमाया मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी सामुदायिक वन उपभोक्ता महासंघ मोरंगकी अध्यक्ष बालकुमारी कटेल,वडाध्यक्ष रामचन्द्र शाही,खदम क्याम्पस प्रमुख टेकवहादुर थपलिया,एकता सामुदायिक वन समुहका अध्यक्ष दिलमान थापा,लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।









Discussion about this post