सर्लाहीमा तस्करहरूले वन चौकीदारको हत्या गरेको खुलेको छ । गत पुस १९ गते सर्लाहीको ईश्वरपुर नगरपालिका( २ राईटरखोट टोल घर भएका सागरनाथ वन विकास परियोजनाका चौकीदार ५२ वर्षीय रामेश्वर महतोको घाँटी छिनाएर हत्या भएको थियो ।
उनको हत्या अभियोगमा गाउँकै रुपनारायण महतोको छोरा रामवली महतोले गरेको पुष्टि भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राइले जानकारी दिए ।
उनलाई प्रहरीले सोही दिन शंकाको आधारमा घरबाटै पक्राउ गरेको थियो । राईटरखोर घाट टोलको सागरनाथ वन विकास परियोजना भक्तिपुरको प्लट नम्बर १० को जङ्गलमा रहेको वनमाराको झाडीमा रामेश्वरको टाउको विनाको शव फेला परेको थियो ।
घटनास्थलबाट ७७ मिटर पूर्व NEKISOO लेखिएको कालो रंगको एक जोर चप्पल, घटनास्थलमा रगत लागेको बन्चरो फेला परेको थियो । चप्पल र बञ्चरोको आधारमा अनुसन्धान गर्दा घटनामा रामवलीको संलग्नता हुन सक्ने प्रहरीको आशंका थियो ।
उनी जङ्गलमा काठ दाउरा काटन जाँदा यही बन्चरो बोकेर जाने गरेको खुलेको थियो । त्यस बेलै घरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । घर खानतलासी गर्दा सुत्ने कोठा भित्र काठको हेङगरमा माथि ज्याकेट र जिन्स पाईन्टमा अगाडीको भागमा रगत जस्तो रातो दाग देखिएको थियो ।
अनुसन्धानमा रामवली धेरै पटक जंगलमा प्रवेश गरेर टिक र मसलाको रुख काटी चोरी गर्ने क्रममा रामेश्वरले पटक पटक सम्झाउने गरेका थिए ।स्थानीयका अनुसार एक पटक काठ काट्दै गर्ने क्रममा रामवलीलाई पक्राउ गर्न खोज्दा दुबैजनाबीच जङ्गल भित्र लछारपछार भएको थियो र रामवली भागेका थिए ।
रामवली महतोले सागरनाथ वन विकास परियोजनाको जंगलबाट टिकको काठ काटी चोरी गरी दाउरा चिरी बेच्नको लागी राखेकोले भन्ने कुरा रामेश्वरले थाहा पाएपछि घटना हुनु भन्दा ४र५ दिन अगाडी रामेश्वरले दाउरा उठाएर लगेका थिए ।सो रिसमा रामवलीले रामेश्वरलाई काट्छु भन्ने धाक धम्की दिएको पत्ता लागेको प्रहरीले बताएका थियो ।
रामवलीलाई १९ गते नै पक्राउ गरी ज्यान मार्ने कसूरमा ६ को म्याद थप थपेर इलाका प्रहरी कार्यालय केशरगंजमा थप अनुसन्धान गरिरहेको डिएसपी राईले बताए । अनलाइलन खबरबाट








Discussion about this post