केराबारी । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै सकेसम्म धेरै भन्दा धेरै सेवा दिने उदेश्यले केराबारी पालिका अस्पतालबाट आँखा उपचार समेत सुरु गरिने भएको छ ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा केराबारी पालिका अस्पतालको व्यवस्थापनमा संञ्चालन हुन लागेको सो सेवाको आज बुधबार उद्घाटन गरिएको छ ।
प्रत्येक हप्ताको मंगलबार ११ देखि २ बजेसम्म र शुक्रबार विहान ७ देखि ९ बजेसम्म मंसिर २ गतेदेखि नियमित संञ्चालन हुने अस्पतालले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगरेको अध्यक्षतामा भएको सो स्वास्थ्य सेवा उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभाका माननिय खड्ग वहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत श्री जयराम श्रेष्ठ, मोरंग जिल्ला नेत्रज्योति संघका अध्यक्ष समेत रहनुभएका विराटनगर आखा असप्ताल रानीका व्यवस्थापन समिति सदस्य राजन श्रेष्ठ,विराटनगर आखा अस्पतालका प्रबन्धक निर्देशक कुमार पृथु सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य, अग्रज व्यक्तित्वहरु, सम्बन्धित शाखाका कर्मचारीज्यूहरु, स्वास्थ्यकर्मिज्यूहरु एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य बीमा कार्यक्रम लागु संगै पालिका अस्पतालबाट अध्याधुनिक प्रविधिबाट ल्याव सेवा, ओपिडी सेवा फार्मेसी सेवा संञ्चालन हुदै आएको छ।









Discussion about this post