हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हु
केराबारी । गएराती मध्यरात वस्तीमा छिरेको जंगली हातीको आक्रमणबाट केराबारी ६ आहालेमा एक जना युवा गम्भिर घाइते भएका छन् ।
राती १२ः३० बजेतिर केराबारी ६ आहाले टोलमा धानबारीमा प्रवेश गरेको हात्तीको आक्रमणबाट स्थानीय २८ वर्षिय कृष्णवहादुर विक संख्त घाइते भएका हुन् ।
शारिरीक रुपमा असक्त रहेका कृष्णलाई हातीले टिपेर पछार्दा कृष्णको टाउको लगायत शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको छ । उनको विपि प्रतिष्ठान धरानमा आइसियु कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।
आफ्नै घर छेउका छिमेको घरमा चिन्ता (धामी झाक्री) लगाएको र घरमा फर्कदा उनको हात्तीसंग एक्कासी जम्काभेट हुँदा हात्तीले आक्रमण गरेको बताइएको ६ नम्बर वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले जानकारी दिनुभयो ।
३ महिना अघि वर्षायामको समयमा कृष्णको आमाको पनि घर भत्काई दिएको थियको अहिले छोरालाई नै आक्रमण गरी घाइते बनाएपछि विक परिवार हात्ती पिडित भएका छन् । यस अघि सोही क्षेत्रमा पटक पटक हात्ती आउने र घरहरु भत्काउने गरेको थियो । जंगल नजिकै रहेको आहाले वस्तीमा हात्तीको आक्रमण वढेसंगै स्थानीयहरु त्रसित भएका छन् ।











Discussion about this post