नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ।
झडपपछि सिमरास्थित विमानस्थलको गेट प्रदर्शनकारीले भत्काइदिएका छन् र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत सिमरा आउँदै गर्दा झडप भएको र नेताहरू विमानस्थलभित्रै रोकिएका छन्। झडप पछि अहिले स्थानीय प्रशासनले कर्फु आदेश जारी गरेको छ ।
बुधबार दिउँसो १२ः ३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ । कर्फु लागेसंगै सिमरा विमानस्थलबाट आज तय भएको सबै उडानहरू रद्द गरिएको छ ।











Discussion about this post