केराबारी । एक महिना अघि रुखबाट लडेर सख्त घाइते भएका मोरंगको केराबारी ८ निवासी नरवहादुर कार्कीका परिवारले आर्थिक सहयोगको अपिल गरेका छ्न ।
असोज ३ गते जंगलमा घास काट्ने क्रममा रुखबाट लडेर संख्त घाइते भएका कार्की परिवारले आफ्नो आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भएको भन्दै सहयोगी दाताहरुसंग सहयोगको याचना गरेका हुन् ।
कार्कीको ढाड कर्दन भाचिई स्पाइनल इन्जुरी भई हाल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियु कक्षमा उपचार भइरहेको र उपचारका लागि मोटो रकम चाहिने भएको हुँदा सहयोगको याचना गरेका हुन् ।
दैनिक मजबुरी गर्दै खेति किसानी गर्दै आएका कार्कीको आर्थिक अवस्था कमजोर भएको र भएको जाय जेथाले पनि नपुग्ने अवस्था आएपछि दाताहरु सहयोगी मनकारी देश विदेशमा रहेका सबै नागरिकलाई सहयोगको लागि अनुरोध गर्नुभएको वडा नं.८ का कार्यालय सहयोगी मदन अर्यालले संञ्चारकर्मीसंग बताए ।
सहयोगका लागि छोरी पार्वती कार्कीको नाममा रहेको एनआइसी एसिया बैंक केराबारीको खाता नं. १२८५७५२९२७११९००१ मा सहयोग गर्न सकिनेछ ।











Discussion about this post