Thursday, November 20, 2025
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
Kerabarionline
No Result
View All Result

मेयरका हठले कोसी प्रदेशका दुई उपमहानगरमा बजेट शून्यता

केराबारी अनलाइन by केराबारी अनलाइन
साउन १, २०८२
in Uncategorized
A A
0
मेयरका हठले कोसी प्रदेशका दुई उपमहानगरमा बजेट शून्यता

कोसी प्रदेशका दुई उपमहानगरपालिकामा बजेट बजेट शून्यताको अवस्थामा पुगेका छन्। नयाँ आर्थिक वर्ष सुरु भएसँगै राजस्व संकलन र खर्च गर्ने बाटो बन्द भएको हो।

धरान उपमहानगर पालिकाले बजेट नीति तथा कार्यक्रम ल्याउन नै सकेको छैन भने इटहरीले बजेट नगरसभामा पेस गरेर पनि पारित गर्न नसकेपछि उपमहानगरहरू समस्यामा देखिएका हुन्।

कोसी प्रदेशका दुई उपमहानगरपालिका मध्ये इटहरी उपमहानगरपालिकाले इटहरीको बजेट २ अर्ब ५५ करोड २१ लाख बजेट ल्याउँदा धरानमा भने आन्तरिक कलहका कारण कार्यपालिकाको बैठक नै बस्न सकेको थिएन।

इटहरीमा आएको बजेट नै पारित भएन
इटहरी उपमहानगरपालिका पनि बजेट शून्यताको अवस्थामा पुगेको छ। असार १० गते उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख संगीता कुमारी चौधरीले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट पारित नहुँदा बजेट होलीडेको अवस्थामा पुगेको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा १० असारमा प्रस्तुत भएको नीति, कार्यक्रम र बजेट १५ दिन अर्थात् असार २५ गतेसम्म दफावार छलफल गरी पास गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

तर, बजेट पास गर्ने विषयमा पटक पटक नगरसभा बोलाउँदै स्थगित गरेको उपमहानगरले बुधबार बोलाइएको नगरसभाको बैठक स्थगित भएपछि इटहरी बजेट होलीडेको अवस्थामा पुगेको हो। इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलले अनुसूचीबिनाको बजेट पास गर्न खोजेपछि उपप्रमुख चौधरीले असहमति जनाएपछि बुधवारको नगरसभा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चित समयलाई स्थगित भएको हो।

उपप्रमुख चौधरीले अनुसूचीविनाको बजेट निर्णयका लागि नगर सभामा पेस गर्न नसकिने जानकारी दिएपछि नगरसभा प्रमुखका रूपमा उपस्थिति मेयर पौडेलले इटहरीवासीको भाग्य र भविष्यमाथि राजनीति गर्न नहुने जनाउँदै सहमतिका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगर सभा स्थगित गरेका थिए।

धरानमा बजेट नै आउन सकेन
धरान उपमहानगरपालिकाको कार्यपालिकाको असार ८ गते दिउँसो २ बजे बोलाइएको थियो। बैठक सुरु हुन नपाउँदै उपप्रमुख आइन्द्रविक्रम बेघासहित २८ जना कार्यपालिकाका सदस्यहरूले बजेट निर्माण सम्बन्धी गर्नुपर्ने पूर्व तयारी लगायतको कारण देखाउँदै बैठक बस्नुको औचित्य नभएको भन्दै प्रश्न उठाएका थिए।

मेयरले ल्याउनु पर्ने स्रोत अनुमानमा मेयरले कामै नगरेपछि विवाद भएको कार्यपालिका सदस्यहरू बताउँछन्। मेयरको संयोजकत्वमा रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बसाउन नसकेपछि बजेट नै रोकिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति सम्बन्धी व्यवस्था गरेको छ। ऐनको उक्त दफामा भनिएको छ, ‘गाउँपालिका तथा नगरपालिकामा प्राप्त हुने आन्तरिक आय, राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा बजेट सीमा निर्धारण गर्न स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति रहनेछ।’

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको संयोजकमा प्रमुख रहने, सदस्यमा उपप्रमुख, कार्यपालिकाका सदस्यहरू मध्ये महिला, दलित वा अल्पसङ्ख्यक समेतको प्रतिनिधित्व हुने गरी अध्यक्ष वा प्रमुखले तोकेको चार जना र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत हुने भन्ने व्यवस्था रहेको छ।

धरान उपमहानगरपालिकामा बजेट आउन नसक्नुको कारणलाई स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसक्नुलाई नै लिइएको छ। त्यो बैठक नबस्नुमा मेयर र उपमेयरबीचमा यसअघिदेखि बढ्दै गएको विवाद नै मुख्य कारणको रूपमा जनप्रतिनिधिहरू चित्रण गर्छन्।

धरानमा समयमै बजेट आउन नसक्नुको एउटा कारण श्रमदानको विषयमा उत्पन्न विवाद हो। असार २ र ३ गते श्रमदानको विषयलाई लिएर नगरप्रमुख र उपप्रमुखबीच उत्पन्न विवाद झडपको अवस्थामा पुगेको थियो। त्यसयता पटक पटक प्रयास गरे पनि बजेट निर्माणको कामले पूर्णता नपाउँदा शून्यताको अवस्थामा पुगेको हो।

Tags: Banner
Previous Post

हत्या गरेको आरोपमा एक जना पक्राउ

Next Post

नेशनल लाइफद्वारा वर्षदिनमा ६ अर्ब प्रथम बीमा शुल्क आर्जन, कर्मचारी र अभिकर्ता उत्साहित

केराबारी अनलाइन

केराबारी अनलाइन

Related Posts

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

मंसिर ३, २०८२
हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
काठमाडौँसँग भिड्दा उपाधिनजिकको साबिक चोट बिर्सिन चाहन्छ सुदूरपश्चिम

एनपिएल मा आज काठमाडौँसँग सुदूरपश्चिम भिड्दै ।

मंसिर ३, २०८२
आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज  छरिदै

आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज छरिदै

मंसिर ३, २०८२
एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

मंसिर १, २०८२

Discussion about this post

No Result
View All Result

ताजा समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

by केराबारी अनलाइन
मंसिर ३, २०८२
0

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो...

Read more
हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मंसिर ३, २०८२
ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

मंसिर ३, २०८२

हाम्रो बारे ..

केराबारी अनलाईन डटकम केराबारी गाउँपालिकामा स्थापना गरिएको पहिलो समाचार मुलक अनलाईन पत्रिका हो । केराबारी मिडिया हाउस प्रा.लि.द्धारा संचालित यस अनलाईन पत्रिकाले स्वस्थ सूचना, मनोरन्जन र शिक्षा प्रदान गर्नेछ । देशको प्रचलित नियम कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै नागरिकलाई सुसूचित गरिनेछ ।

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist